Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

महाकालीमा पानीको सतह बढेपछि बनबासा पुलमा सवारी बन्द

महाकालीमा पानीको सतह बढेपछि बनबासा पुलमा सवारी बन्द

कञ्चनपुर : तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको सीमावर्ती बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ ।महाकाली नदीमा पानीको बहाव १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सुरक्षा सतर्कता अपनाउँदै नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतले बताए ।पानीको बहाव बढेपछि पुरानो शारदा ब्यारेजमा सुरक्षा जोखिम हुने भएकाले चारपाङ्ग्रे सवारीसाधन रोकिएको प्रहरीले जनाएको हो । पैदल यात्रु तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनबारे भने स्थानीय प्रशासनले अवस्था हेरेर निर्णय गर्ने जनाएको छ ।

तीन दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ ।पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधनसमेत रोकिएका छन् । जिल्ला प्रशासन कर्यालय कञ्चनपुरका अनुसार, मौसममा सुधार नआएसम्म सोमबार बिहानसम्म यातायात सेवा स्थगित रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट