धनगढी : निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न सडकहरू भासिन थालेका छन् ।अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । यस्तै डोटीको शिखर नगरपालिका– ३ को रामपुर स्थित दिपायल डडेलधुरा सडक खण्डको मुख्य सडक अन्दाजी २० मिटर बाटो भासिएको छ।
वर्षाका कारण सडकको केही भाग भासिएपछि उक्त सडक खण्डहरूमा सवारी साधन आवतजावत जोखिमपूर्ण बनेको छ । भासिएको सडकको तत्काल निरीक्षण गरी मर्मत तथा सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।यसैबिच निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा चिरा पर्ने, भासिने तथा पहिरो जाने क्रमसमेत बढेको छ ।यसले लामो तथा छोटो दूरीका सवारीसाधनको आवागमनमा चुनौती थपिएको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij