अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका– ११, आँपगाछीमा पहिरोका कारण घर खस्दा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा स्थानीय राजन श्रेष्ठको एकतले टायलको छानो भएको घर पुरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब १० बजे पहिरोले घर पुरिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरमातहतका सुरक्षा निकाय तथा सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरेको छ । उद्धारका क्रममा राजन श्रेष्ठकी पत्नी करिब ३५ वर्षीया कमला श्रेष्ठलाई भने बिहान ११ बजे मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।मृतक कमलाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले अविरल वर्षाका कारण पहाडी तथा नदीतटीय क्षेत्रमा जोखिम बढेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij