अलग्गै महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाममा अलग्गै वेबसाइट सञ्चालनमा ल्याएको छ ।देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर काम अघि बढाइरहेको छ । सो समूहले १५ असोजबाट वडा अधिवेशन सुरु गर्दै छ । वेवसाइट १५औँ महाविधेशन लक्षित गरी बनाइएको हो ।
वेवसाइटमार्फत क्रियाशील सदस्यताको लागि आवेदन दिन सकिनेछ । वेवसाइटमा एआईमार्फत च्याट गर्न सकिनेछ । कांग्रेसको इतिहासको बारेमा पनि वेबसाइटमा विस्तृत विवरण राखिएको छ । देउवा पक्षले २१ देखि २३ मंसिरसम्म १५औँ महाधिवेशन गर्दै छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij