काठमाडौँ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। यस अवधिलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयाग तथा अन्य शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ।
सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ।काठमाडौंको पशुपतिनाथ क्षेत्रलगायत विभिन्न मन्दिर तथा नदी किनारमा सोह्र श्राद्ध गर्ने गरिन्छ। तर, केही दिनदेखि लगातार परेको वर्षाका कारण यस वर्ष पशुपति क्षेत्रमा अघिल्ला वर्षजस्तो श्राद्ध गर्नेहरूको भीड देखिएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij