चितवन : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको करिब आधा भाग भासिएको छ।
सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक डिभिजन कार्यालयले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।