Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

चितवन :  बिहिबारदेखिको निरन्तर वर्षाले नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ ।

नारायणी नदीको देवघाट जल मापन केन्द्रका अनुसार आज विहान ६ बजेसम्ममा नारायणी नदीको जलसतह ९.४ मिटर पुगेको छ । जलसतह ९ मिटर पार गरेपछि खतराको तह पार गरिएको मानिन्छ ।

नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
चितवनमा पनि रातभर नै वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट