Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘साई कृपा गोल्ड चिया’ बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

बुटवल :  रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ को एक ब्याच खाद्य परीक्षणमा दूषित भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभाग तथा मातहतका निकायले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित देखिएपछि सम्बन्धित उत्पादकलाई सोही ब्याचका सबै चिया बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।

विभागका अनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ फिर्ता गर्नुपर्नेछ। फिर्ता गर्न निर्देशन दिइएको चियाको ब्याच नम्बर ८३.D.०५ रहेको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयअनुसार रिकलको आदेश जारी गरेको जनाएको छ। ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त ब्याचको चिया बिक्री तथा वितरण नगर्न र नगराउन पनि निर्देशन दिइएको छ।

विभागको विवरणअनुसार उक्त चियाको उत्पादन मिति जुलाई २०२६ हो भने उत्पादन मितिदेखि १८ महिनाको उपभोग्य अवधि तोकिएको छ।

मानव स्वास्थ्यका दृष्टिले उक्त ब्याचको चिया दूषित देखिएको भन्दै विभागले बजारमा उपलब्ध भए तत्काल फिर्ता लिन उत्पादकलाई निर्देशन दिएको हो। साथै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सम्बन्धित ब्याचको चिया बिक्री तथा वितरण रोक्नसमेत आग्रह गरिएको छ।

ssss_CmIQwZi5Ng.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट