Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेस महाधिवेशन उद्घाटनमा रवि, ओली र प्रचण्डलाई निम्तो

कांग्रेस महाधिवेशन उद्घाटनमा रवि, ओली र प्रचण्डलाई निम्तो

काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको छ ।

कांग्रेसका अनुसार तीनै नेतालाई सहमहामन्त्री उदयर शमशेर जबरालेले भेटेर लामिछानेसहित एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुँदैछ । समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई थप बल पुग्ने कांग्रेसको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट