Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मौसममा सुधार नआएसम्म धान नकाट्न मौसम विभागको आग्रह

मौसममा सुधार नआएसम्म धान नकाट्न मौसम विभागको आग्रह

काठमाडौं : लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी क्षेत्रमा मौसम क्रमिक सुधार हुँदै गए पनि पश्चिमी भूभागमा थप वर्षाको सम्भावना रहेकाले जोखिम कायमै छ।
हतारमा धान काट्दा बालीसँगै जनधनको क्षति हुन सक्ने भन्दै मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन विभागले आग्रह गरेको हो।जमिन चिरा परेको वा पहिरोको संकेत देखिएका क्षेत्रमा उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन भनिएको छ।
नदी तथा खोला किनारका बासिन्दालाई जलसतह बढ्दा विशेष सतर्क रहन तथा स्थानीय प्रशासन र प्रहरीले जारी गर्ने सूचना, माइकिङ र साइरनलाई बेवास्ता नगर्न विभागले आग्रह गरेको छ।
मौसमसम्बन्धी थप जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट