Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसका उम्मेदवारका पोस्टरमा झण्डाकै फरक–फरक रूप

कांग्रेसका उम्मेदवारका पोस्टरमा झण्डाकै फरक–फरक रूप

चितवन : नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारका लागि सार्वजनिक गरिएका केही डिजिटल पोस्टरमा पार्टीको झण्डाको स्वरूप फरक–फरक देखिएपछि सामाजिक सञ्जालमा चर्चा र आलोचना सुरु भएको छ।

कांग्रेसको परम्परागत झण्डामा चार वटा रातो तारा रहने भए पनि पछिल्लो समय सार्वजनिक भएका केही उम्मेदवारका प्रचार सामग्रीमा तीन, पाँच, सातदेखि अझ बढी तारासमेत देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन्।

पार्टीको झण्डा कांग्रेसको इतिहास, विचार र राजनीतिक पहिचानसँग जोडिएको महत्वपूर्ण प्रतीक मानिन्छ। चार ताराले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र व्यक्तिगत स्वतन्त्रताको प्रतिनिधित्व गर्ने कांग्रेसको राजनीतिक परम्परा छ।

तर, चुनावी प्रचार सामग्री तयार गर्दा झण्डाको स्वरूपमा देखिएको असमानताले पार्टीका आधिकारिक प्रतीक तथा पहिचानको प्रयोगमा आवश्यक सावधानी अपनाइएको छ कि छैन भन्ने प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका यस्ता पोस्टरलाई लिएर केही प्रयोगकर्ताले कांग्रेसका उम्मेदवार तथा प्रचार संयन्त्रले आफ्नै पार्टीको झण्डाको स्वरूपबारे पर्याप्त ध्यान नदिएको टिप्पणी गरेका छन्। कतिपयले यसलाई ग्राफिक डिजाइनमा भएको त्रुटि मानेका छन् भने केहीले पार्टीका प्रतीक र इतिहासबारे आधारभूत जानकारी आवश्यक रहेको बताएका छन्।

चुनावी प्रचारमा सामाजिक सञ्जाल र डिजिटल पोस्टरको प्रयोग बढ्दै गएको अवस्थामा पार्टीको आधिकारिक झण्डा, चुनाव चिह्न तथा अन्य पहिचानजन्य सामग्रीको सही प्रयोगमा ध्यान दिनुपर्ने विषयसमेत उठेको छ।

यस विषयमा सम्बन्धित उम्मेदवार वा कांग्रेसका स्थानीय निकायबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

825614902_1631915498339949_1940241370128262417_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट