तनहुँ : व्यास नगरपालिका–१२, घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब ६:२५ बजे अविरल वर्षाका कारण माथिबाट हिलोसहितको लेदो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पहिरोमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १३ प ३५६४ नम्बरको मोटरसाइकलसमेत फसेको थियो। मोटरसाइकलमा सवार व्यक्तिलाई भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
सडक खुलाउन जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij