धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ४१ वर्षीया सुकुमाया चेपाङ रहेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण खोलानाला उर्लिँदा उक्त घटना भएको बताइएको छ। जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिम बढेको छ।
यसैबीच, सम्बन्धित निकायले आवश्यक कामबाहेक यात्रा नगर्न तथा खोलानाला र जोखिमपूर्ण सडक क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।