Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सप्तकोशीमा बाढीको जोखिम बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढीको जोखिम बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर :  सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा २ लाख ६५ हजार ७९५ क्युसेक पानीको बहाव रहेको छ। पानीको सतह निरन्तर बढ्दो क्रममा रहेकाले अवस्थालाई खतराको तहमा राखिएको छ।

बढ्दो जलसतहलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij