काठमाडौं :नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ।
महासङ्घले यात्रुको सुरक्षा र सहज आवागमनलाई ध्यान दिँदै अग्रिम टिकट बुकिङ, यात्रुको विवरणसहित चलानी तथा आधिकारिक काउन्टर र परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट बिक्री गर्न निर्देशन दिएको छ।
बाढीपहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै राजमार्गको नियमित निरीक्षण र मर्मतसम्भारमा जोड दिइएको छ। लामो दूरीका सवारीमा कम्तीमा दुई चालक राख्ने, चालकको स्वास्थ्य परीक्षण गर्ने र नाबालकलाई चालक वा अन्य काममा नलगाउन पनि महासङ्घले आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij