काठमाडौं : मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् ।
उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।
नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् ।
निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । सरकारी निकायहरूले सचेत रहन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij