Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पूर्वमन्त्री साहको आरोप – ‘आए पिट्छु’ भन्दै नगर प्रमुखले  दिए धम्की

पूर्वमन्त्री साहको आरोप – ‘आए पिट्छु’ भन्दै नगर प्रमुखले  दिए धम्की

काठमाडौँ : महोत्तरी–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहले आफ्नो क्षेत्रका एक नगर प्रमुखले आफूलाई कुटपिट गर्ने धम्की दिएको दाबी गरेका छन्। 

पूर्वश्रममन्त्री समेत रहेका साहका अनुसार ती नगर प्रमुखले फोन गरेर आफ्नो पालिकाभित्रको कुनै पनि वडामा आए पिट्ने र पिटाउने चेतावनी दिएका हुन्।

नगर प्रमुखको भनाइ उद्धृत गर्दै साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिट्न वा पिटाउन सकिनँ भने म मेरो बुवाको छोरा होइन।’ राजनीतिमा असहमति, मतभेद र बहस हुनु स्वाभाविक भए पनि जननिर्वाचित जिम्मेवार पदमा बसेको व्यक्तिबाट शारीरिक आक्रमणको धम्की आउनु अत्यन्त गम्भीर विषय भएको साहको ठहर छ। 

उनले यस घटनालाई व्यक्तिगत विवाद बनाउन नचाहेको तर सुरक्षासँग प्रत्यक्ष जोडिएकाले सार्वजनिक जानकारी र ध्यानाकर्षणका लागि बाहिर ल्याएको बताएका छन्। कुनै पनि पालिका वा त्यसका वडा कसैको निजी क्षेत्र नभएको उल्लेख गर्दै साहले नागरिकसँग भेट्न, उनीहरूका कुरा सुन्न र आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक परेका स्थानमा पुग्ने स्पष्ट पारेका छन्। 

यस्ता धम्कीले आफूलाई जिम्मेवारीबाट पछि नहटाउने दृढता व्यक्त गर्दै उनले डर, धम्की र हिंसाको साटो विचार, संवाद र लोकतान्त्रिक संस्कारको राजनीति हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट