Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

महाधिवेशनबारे झलनाथ खनालको २२ बुँदे फरक प्रस्ताव

महाधिवेशनबारे झलनाथ खनालको २२ बुँदे फरक प्रस्ताव

पूर्वप्रधानमन्त्री: झलनाथ खनालले एकता महाधिवेशन सम्बन्धमा २२ बुँदे फरक प्रस्ताव गरेका छन् ।
उनले केन्द्रीय संयोजन समितिबाट महाधिवेशनबारे विस्तृत छलफल गरी तयारीबारे ठोस योजना बनाउन प्रस्ताव गरेका छन् ।
खनालले पार्टीको अन्तरिम विधान–२०८३ बाट क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन नसक्ने निष्कर्ष निकालेका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एकता महाधिवेशन सम्बन्धमा २२ बुँदे प्रस्ताव गरेका छन् । असोज ६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालले फरक मत प्रस्ताव गरेका हुन् ।

प्रस्तावको पहिलो बुँदामा केन्द्रीय संयोजन समितिबाट आगामी महाधिवेशनबारे विस्तृत छलफल गरी तयारीबारे ठोस योजना बनाउन प्रस्ताव गरेका छन् ।दोस्रो बुँदामा उनले हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न प्रस्ताव गरेका छन् ।
तेस्रो बुँदामा खनालले पार्टीको अन्तरिम विधान–२०८३ बाट क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन नसक्ने निष्कर्ष निकालेका छ । मौजुदा विधानले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण असम्भव भएकाले विधानको धारा १२, १३ र १४ प्रतिबन्ध वा खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसअघि चैत/वैशाखमा बसेको केन्द्रीय संयोजन समिति बैठकमा पार्टी निर्माण सम्बन्धी ३६ बुँदे फरक प्रस्ताव पेस गरेका थिए । प्रचण्ड र माधव नेपालले कम्युनिस्ट आन्दोलन गर्न नसक्ने निष्कर्ष निकाल्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट