Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन  : लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार, नारायणगढ–मुग्लिन सडकखण्डमा अर्को सूचना प्रकाशित नभएसम्म सवारी आवागमन बन्द रहनेछ। कार्यालयका अनुसार सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको र पहिरो हटाउने काम जारी रहेकाले तत्काल सवारी सञ्चालन गर्न सकिने अवस्था छैन।

निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा चालकको सुरक्षालाई मध्यनजर गर्दै सडकमा आवागमन रोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डतर्फ यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट