भरतपुर : हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ चितवनमा औपचारिक रूपमा बिक्री सुरु भएको छ । भरतपुर वसन्तचोकस्थित हुन्डाई सोरुममा आज आयोजित समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन अटोमोबाईलस् डिर्लस एसोसिएसन चितवन अध्यक्ष ईन्द्र सुवेदीले गाडीको अनावरण गर्दै बिक्री शुभारम्भ गर्नुभएको हो ।
नयाँ भेन्युको आगमनसँगै चितवन, नवलपुर तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी खरिद तथा प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन् ।
अल–न्यु भेन्युमा बोल्ड डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र पर्फर्मेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ ।
पिनाकल ट्रेडिङ कन्सर्न चितवनका सञ्चालक ईश्वर श्रेष्ठका अनुसार गाडीको क्याबिनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायत सुविधा छन् ।
पर्फर्मेन्सतर्फ १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । सुरक्षाका लागि ६ एयरब्याग, एबीएस विथ ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायत सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा अल–न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो एचएक्स २, एचएक्स ५ प्लस र एचएक्स ५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध छ । गाडी भरतपुर वसन्तचोकस्थित पिनाकल ट्रेडिङ कन्सर्नको हुन्डाई सोरुममा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ ।