फोहोरमैला व्यवस्थापनलाई चक्रीय अर्थतन्त्र, रोजगारी र वातावरणीय न्यायसँग जोडेर अघि बढाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बताएका छन् ।
उनले फोहोरलाई दुर्गन्ध मात्र नभई चक्रीय अर्थतन्त्रको मेरुदण्ड र सम्पत्तिको नयाँ स्रोतका रूपमा हेर्नुपर्नेमा जोड दिए ।
विधेयकले उत्पादकलाई आफ्नो उत्पादनबाट सिर्जित फोहोरप्रति जिम्मेवार बनाउने विस्तारित उत्पादक जिम्मेवारी र प्रदूषकले नै मूल्य चुकाउनुपर्ने सिद्धान्तलाई महत्त्वपूर्ण पक्षका रूपमा समेटेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नहेरी चक्रीय अर्थतन्त्र, रोजगारी र वातावरणीय न्यायसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथिको छलफलमा सचेतक परियारले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमै कार्यान्वयन गर्न विधेयक महत्त्वपूर्ण हुने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij