Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारी वर्षाको जोखिम : पोखराका स्कुलहरू दुई दिन बन्द

भारी वर्षाको जोखिम : पोखराका स्कुलहरू दुई दिन बन्द

पोखरा :  अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना जारी गर्दै आज र भोलि विद्यालयहरू बन्द रहने जानकारी दिएका हुन् ।

‘सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ,’ उनले भने, ‘उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ ।’ मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको उनले बताए ।यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ । ‘यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ,’ आचार्य भन्छन्, ‘सुरक्षा नै पहिलो प्राथमिकता हो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट