काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा आज मस्र्याङ्दी वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो।
नगद एक लाख राशि, प्रमाणपत्र र दोसल्लासहित उक्त पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवं वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij