Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अन्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म महँगियो

अन्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म महँगियो

काठमाडौं :  बजारमा अन्डाको मूल्य फेरि बढेको छ ।नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ ।

संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ ।

यसअनुसार अब सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय १५, ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पर्नेछ । यसअघि १९ भदौदेखि लागु हुने गरी संघले मूल्य तोकेको थियो । त्यसबेला सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय ५ रुपैयाँ, ठूलो अन्डा ५ सय ९० रुपैयाँ र मिडियम अन्डा ५ सय ५० रुपैयाँ तोकिएको थियो । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट