Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवनका सबै पालिकामा कांग्रेस अधिवेशन, नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु

चितवनका सबै पालिकामा कांग्रेस अधिवेशन, नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु

चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लाका सबै स्थानीय तहमा आज अधिवेशन भइरहेको छ। गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाका कार्यसमितिको नेतृत्व चयनका लागि बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो।

अधिवेशनमा सम्बन्धित वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पालिका कार्यसमितिको नेतृत्व चयन गर्नेछन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको निर्वाचन कार्यक्रमअनुसार जिल्लाका सबै पालिकामा तोकिएका स्थानमा निर्वाचन प्रक्रिया सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकृत देव महतोले जानकारी दिए। भरतपुर महानगरपालिकाको निर्वाचन वडा नम्बर ४ स्थित फुडमार्ट पार्टी प्यालेसमा भइरहेको छ। त्यस्तै, कालिका नगरपालिकाको अधिवेशन खोलेसिमल बजारस्थित

कालिका ब्याङ्क्वेटमा, रत्ननगर नगरपालिकाको निपनीस्थित होटल स्टार चितवनमा, राप्ती नगरपालिकाको भण्डारास्थित राप्ती भिलेज रिसोर्टमा र खैरहनी नगरपालिकाको लोटस पार्टी भेन्यूमा सञ्चालन भइरहेको छ।

यसैगरी, माडी नगरपालिकाको अधिवेशन स्वर्गीय कर्णबहादुर स्मृति प्रतिष्ठानमा तथा इच्छाकामना गाउँपालिकाको अधिवेशन मुग्लिन बजारस्थित थकाली सेवा समाजको भवनमा भइरहेको छ। जिल्ला निर्वाचन अधिकृत महतोका अनुसार नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा जारी निर्वाचन कार्यक्रमबमोजिम आगामी २०८३ असोज १० गते हुने निर्वाचनको कार्यतालिका पछि प्रकाशित गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट