Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिताका लागि न्युयोर्क प्रस्थान

प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिताका लागि न्युयोर्क प्रस्थान

काठमाडौं :  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  प्रधानमन्त्री साँझ १९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।उहाँलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारस्थित कार्यवाहक राजदूत तथा सम्बन्धित वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीज्यू असोज ७ गते (सेप्टेम्बर २३) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नेछन्।

सोही दिन प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र सचिव, स्थायी प्रतिनिधि, अमेरिकास्थित कार्यवाहक राजदूत तथा न्यूयोर्कस्थित महावाणिज्यदूतबाट भ्रमणसम्बन्धी ब्रिफिङ ग्रहण गर्नुहुनेछ। त्यसपछि उहाँको सम्मानमा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम छ।

असोज ८ गते (सेप्टेम्बर २४) प्रधानमन्त्रीज्यू र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।

असोज ९ गते (सेप्टेम्बर २५) प्रधानमन्त्रीज्यू न्युयोर्कबाट दोहा प्रस्थान गर्नुहुनेछ। उहाँलाई दोहास्थित विमानस्थलमा नेपाली कूटनीतिक नियोगका अधिकारीहरूले बिदाइ गर्नेछन्।

असोज १० गते (सेप्टेम्बर २६) उहाँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट