काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटीको बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुर्गठन कार्यदलले सहमति गरेको एकीकृत प्रतिवेदन वितरण गर्न माग गरेका छन्।
ललतिपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार धारणा राख्दै कार्यदलका सदस्यसचिव समेत रहेका पोखरेलले कार्यदलले सहमति गरेर ल्याएको प्रतिवेदन वितरण गर्नुपर्ने बताएका हुन्।
‘पार्टीलाई अघि बढाउने हो भने त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘अबको एमाले कस्तो बनाउने भन्ने कुरा तल्ला तहबाट आएका सुझाव समेटर ल्याइएको प्रतिवेदनमा छ। यसलाई ल्याउन अध्यक्षज्यूलाई आग्रह गर्छु।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij