Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुर महानगर सचिवमा सुमित पराजुलीको उम्मेदवारी

भरतपुर महानगर सचिवमा सुमित पराजुलीको उम्मेदवारी

चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भरतपुर महानगरपालिकामा पार्टीको नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि बढेको छ। यसैक्रममा युवा नेता सुमित पराजुलीले भरतपुर महानगर समिति सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

पराजुलीले संगठनलाई थप सक्रिय बनाउने, युवाको सहभागिता बढाउने तथा नयाँ पुस्तालाई पार्टीको नेतृत्व प्रक्रियामा जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्दै आएको बताएका छन्।

संगठनमा निरन्तर सक्रिय रहँदै आएका पराजुलीको उम्मेदवारीसँगै महानगर समितिको आगामी नेतृत्व चयनलाई लिएर कार्यकर्तामाझ चर्चा बढेको छ।

उनले युवाको सहभागिता र नयाँ राजनीतिक सोचमार्फत संगठनलाई थप गतिशील बनाउन आवश्यक रहेको बताएका छन्। “युवाको सोच र सबल नेतृत्व नै सांगठनिक रूपान्तरणको बलियो आधार हो,” पराजुलीको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशन नजिकिँदै जाँदा चितवनमा पनि नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। भरतपुर महानगर समितिको सचिव पदमा पराजुलीको उम्मेदवारीले महानगरको आन्तरिक राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट