Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै १५ अर्ब मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै १५ अर्ब मौज्दात

काठमाडौं : रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम बढेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने १५ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।  कार्यालयका अनुसार कोषको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ। सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ। रसुवाको भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा आर्थिक सहयोग जम्मा हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट