Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मनास्लु हिमपहिरोमा दुई आरोहीको मृत्यु

मनास्लु हिमपहिरोमा दुई आरोहीको मृत्यु

गोरखा : हिमपहिरोमा पुरिएर मनास्लु हिमालमा दुईजनाको मृत्यु भएको छ। भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गतराति हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।

सुतिरहेको पालमा माथिबाट आएको हिमपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दुवैजना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।

तेस्रो शिविरमा पालभित्रै करिब सात फिट हिउँले पुरिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको छ।

यो दुर्घटनासँगै मनास्लुमा यो याममा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो। साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो।

मनास्लु आरोहणका लागि यो याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट