Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सईको हत्या गरेर फरार अभियुक्त २२ महिनापछि गोली हानेर पक्राउ

सईको हत्या गरेर फरार अभियुक्त २२ महिनापछि गोली हानेर पक्राउ

सिराहा : ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को हत्या गरेर फरार रहेका मुख्य अभियुक्त २२ महिनापछि गोली हानेर पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन्।  जिल्ला प्रहरी कार्यालय सिराहा अनुसार उनलाई सिराहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मंसुरीलाई असोज ३ गते साँझ करिब ७ः१० बजे पक्राउ गर्न खोज्दा उनीसहित तीन जनाले प्रहरी टोलीमाथि एक राउन्ड गोली चलाएका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाही गर्दा तीन राउन्ड गोली चलाएको थियो।गोली लागेर मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहा भर्ना गरिएको छ।

मदिरा तस्करीको गाडीले सईलाई ठक्कर

घटना २०८१ साल मंसिर १६ गतेको हो। भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनापछि प्रहरी टोलीले गाडी रोकेर जाँच गर्न खोजेको थियो। त्यसक्रममा डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारीले ड्युटीमा रहेका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडी चालकसमेत रहेका मंसुरी घटनापछि फरार भएका थिए। प्रहरीका अनुसार सई यादवको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि फरार रहेका मंसुरीलाई लामो समयको खोजीपछि पक्राउ गरिएको हो। पक्राउ परेका मंसुरीविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट