Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ जनाको मृत्यु, ४ हजार ६५५ अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ जनाको मृत्यु, ४ हजार ६५५ अझै बेपत्ता

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको हो । प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छन्।

शव पहिचान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाउँदै हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। डीएनए पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी ३ हजार २८३ नमुना संकलन गरिएको छ।

पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि ४ हजार ६५५ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ । यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३७२ जनालाई राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट