सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा २० क्विन्टल गाँजा फेला परेको हो ।
डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij