Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बारामा चक्कु प्रहार गरी हत्या आरोपमा युवक पक्राउ

बारामा चक्कु प्रहार गरी हत्या आरोपमा युवक पक्राउ

वीरगन्ज : बारामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिमरास्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सिमरा उपमहानगरपालिका–२ निवासी आयुष राईलाई पक्राउ गरेको हो ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार राईले शनिबार साँझ साढे ५ बजे सिमरा उपमहानगरपालिका–२ निवासी खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए । घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राईलाई धानबारीमा लुकेको अवस्थामा शनिबार राति नै पक्राउ गरिएको हो । राईलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट