Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतीय उद्योगीलाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आग्रह

भारतीय उद्योगीलाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसर खोज्न र लगानी विस्तार गर्न आग्रह गरेका छन्। नयाँ दिल्लीमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रियामा बोल्दै वाग्लेले यस्तो आग्रह गरेका हुन् । वाग्लेले डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, कृषि, पर्यटन र उत्पादन लगायत क्षेत्रमा नेपालमा लगानीको राम्रो सम्भावना रहेको बताए।

नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी बढाउन र नयाँ लगानीकर्तालाई नेपाली बजारमा अवसर खोज्न आग्रह गर्दै उनले सरकारले सुशासन, आर्थिक सुधार र लगानी सहजीकरणलाई प्राथमिकता दिएको बताए । वाग्लेले नेपाललाई बजारका रूपमा मात्र नभई उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलासँग जोडिने साझेदारका रूपमा हेर्न भारतीय व्यवसायीलाई आग्रह गरे।

उनले नेपाल–भारतबीच लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट