Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देउवा पक्षको असन्तुष्टिबीच कांग्रेसले थाल्यो १५औँ महाधिवेशन प्रक्रिया

देउवा पक्षको असन्तुष्टिबीच कांग्रेसले थाल्यो १५औँ महाधिवेशन प्रक्रिया

काठमाडौं : पूर्वसभापति शेरबहादुर देउवा पक्षको असन्तुष्टिबीच नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। असोज १६ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले शनिबारदेखि वडा अधिवेशन सुरु गरेको हो। वडा अधिवेशनमा देउवा पक्षका नेताहरू सहभागी नभएको कांग्रेसले जनाएको छ। देउवा समूहले भने मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो क्रियाशील सदस्यता रहेको वडामा पुगेर वडा अधिवेशनको सुरुआत गरेका छन्। उनले देशभर वडा तहबाटै कांग्रेसको लोकतान्त्रिक अभ्यास सुरु भएको बताएका छन्।

गाउँ, नगर र वडामा नयाँ उत्साह र ऊर्जा देखिएको भन्दै थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। भिडियो सन्देशमार्फत थापाले समयको मागअनुसार संविधानका केही विषय परिवर्तन गर्नुपर्ने बताए। त्यस्ता परिवर्तनले संविधानका मूल्य र मान्यतालाई कमजोर नभई थप विस्तार गर्ने उनको भनाइ छ।

विगतका कमजोरी सच्याउँदै नयाँ पुस्ताको चाहना र आकाङ्क्षा सम्बोधन गर्ने कांग्रेस निर्माण गर्ने प्रतिबद्धतासमेत थापाले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट