Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रसुवा बाढी : त्रिशूली–१ को टनेलबाट ६ शव निकालियो, उद्धार कार्य जारी

रसुवा बाढी : त्रिशूली–१ को टनेलबाट ६ शव निकालियो, उद्धार कार्य जारी

रसुवा : भदौ १० गते चीनमो तिब्बततर्फबाट रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।
उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।

उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट