Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढी पीडितको सहयोगमा जेनजी अभियान : रसुवामा ४३ परिवारलाई राहत

बाढी पीडितको सहयोगमा जेनजी अभियान : रसुवामा ४३ परिवारलाई राहत

रसुवा : राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूले रसुवामा राहत वितरण गरेका छन् । अभियन्ताहरूले जिल्लाको कालिका गाउँपालिका वडा नं–२ मा रहेका ४३ परिवारलाई राहत सामग्री वितरण गरेका हुन्।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण उक्त वडाका ४३ परिवार प्रभावित भएका थिए । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा तथा उक्त गाउँपालिका वडा नं. २ का अध्यक्ष उमेश न्यौपानेको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

राहत सामग्री प्रभावित परिवारहरूको घरघर तथा टोल टोलमा पुगेर प्रत्यक्ष रूपमा वितरण गरिएको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । सडक तथा खाद्यान्न आपूर्ति अवरुद्ध हुँदा प्रभावित परिवार मात्र नभई समग्र स्थानीय समुदाय समेत समस्यामा परेको उनले बताए । साथै, यस क्षेत्रमा ग्यासको अभाव पनि निरन्तर रहेको उनले बताए ।

राहत सामग्री वितरण कार्य सम्पन्न भएपछि श्रमदानमार्फत पुनर्स्थापनाको काममा अगाडि बढ्ने राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सचिव प्रकाश बमले बताएका छन् । हाइड्रो तथा बाढी प्रभावित बस्तीहरूमा सरसफाइ गर्ने र बाढीले थुपारेको लेदो तथा फोहोर पन्छाउने काममा अभियानको टोली सक्रिय हुने उनीहरूले बताएका छन्।

यो महाविपत्तिको घडीमा राष्ट्रिय जेनजी नागरिक अभियानको तर्फबाट गरिएको यो सानो प्रयास मात्र भएको बताउँदै अभियानले विपत्तिको समयमा सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक, जिम्मेवार र सशक्त भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ।0

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट