Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मुग्लिन–नारायणगढ सडकमा पहिरो, एक घण्टाभित्र खुल्ने तयारी

मुग्लिन–नारायणगढ सडकमा पहिरो, एक घण्टाभित्र खुल्ने तयारी

चितवन : मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालको बीच भागमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

आज साँझ करिब ८:४० बजे खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो पन्छाउन सडक विभागले सो क्षेत्रमा तैनाथ राखिएको मेशिन तत्काल परिचालन गरिसकेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अबको करिब एक घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको छ।

यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट