Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हनिट्रयाप प्रकरणः राष्ट्रिय अनुसन्धानका अधिकृतबाट २७ लाख असुली आरोपमा महिला थुनामा

हनिट्रयाप प्रकरणः राष्ट्रिय अनुसन्धानका अधिकृतबाट २७ लाख असुली आरोपमा महिला थुनामा

काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेको आरोपमा ३२ वर्षीया महिला थुनामा गएकी छन् । रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई पुर्पक्षमा पठाएका हुन् । अदालतको आदेश अनुसार गुभाजु कारागार चलान भइसकेकी छन् ।

गुभाजुले ४ वर्षअघि सामाजिक सञ्जालबाट चिनजान भएका राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जाहेरवाला अधिकृतले आफूसँग गुभाजुले २०८३ जेठमा पटक पटक गरेर २७ लाख नगद असुलेको बताएका छन् ।

प्रतिवादी महिलाले पनि प्रहरीसँगको बयानमा नगद लिएको स्वीकार गर्दै भनेकी छन्, ‘२० लाख नगद उहाँले खुसीले दिनुभएको हो ।’ अन्य ७ लाख रकम चाहिँ कोठा भाडा र रासन बापत दिएको र सो रकमबाट खरिद गरेको सामान ती अधिकृतले पनि उपभोग गरेको गुभाजुले जिकिर गरेकी छन् । सामाजिक सञ्जालमार्फत चिनजान भएर नजिक भएपछि केही समय दुवै जना कपन र वसुन्धाराको डेरामा सँगै बसेको महिलाले दाबी गरेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । गुल्मीको मुसिकोट नगरपालिका–३ घर भएकी गुभाजुले रामेछापमा विवाह गरेकी थिइन् । अदालतको आदेशले उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट