Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

राहत सामाग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट जाँदै देउवा

राहत सामाग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट जाँदै देउवा

काठमाडौँ  :   पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । 

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट