Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कृष्णभीरको सडक खुलाउन काम तीव्र, १० वटा मेसिन प्रयोग

कृष्णभीरको सडक खुलाउन काम तीव्र, १० वटा मेसिन प्रयोग

धादिङ : रसुवा बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक विभागले काम तीव्र बनाएको छ।

सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले कृष्णभीरको भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। सडक योजनाका अनुसार अहिले १० वटा मेसिन तथा उपकरण परिचालन गरी दैनिक १२ घण्टाभन्दा बढी समय निरन्तर काम भइरहेको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। सडक विभागले पनि निर्माण कार्यका क्रममा जोखिम हुनसक्ने भएकाले सडक सञ्चालनमा नआएसम्म यात्रुलाई संयम अपनाउन आग्रह गरेको छ।

सडक योजना पश्चिम खण्डले सडक सञ्चालनमा नआएसम्म उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रुमहानुभावलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै यथाशक्य चाँडो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट