Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

“सुशासन कायम हुन्छ” : प्रधानमन्त्री बालेन्द्र शाह

“सुशासन कायम हुन्छ” : प्रधानमन्त्री बालेन्द्र शाह

 

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाह ले सुशासन स्थापनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत “प्रिय Gen Z, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली” भन्ने सन्देश सार्वजनिक गर्नुभएको हो।

उहाँको उक्त सन्देशले वर्तमान पुस्ता विशेषगरी Gen Z लाई लक्षित गर्दै देशमा सुशासन स्थापित गर्ने दृढ अठोट व्यक्त गरेको देखिन्छ। साथै, विभिन्न आन्दोलन र संघर्षका क्रममा सहादत प्राप्त गरेका सहिदहरूप्रति सम्मान प्रकट गरिएको छ।

प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा गरिएको छ भने युवापुस्तालाई सकारात्मक सन्देश दिने प्रयासका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट