Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मधेस प्रदेशका पूर्वसांसद यादव पक्राउ

मधेस प्रदेशका पूर्वसांसद यादव पक्राउ

काठमाडौँ : प्रहरीले मधेस प्रदेशका पूर्वसांसद अशोक यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार उनलाई हरिसिद्धिबाट पक्राउ गरेको हो। प्रहरीलाई धम्क्याएकाे उनीमाथि आरोप छ ।

यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज. १ त.२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना.६ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

ट्रक कविलासी नगरपालिका–८ स्थित अगर्वामा रोकेर राखिएको थियो । ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले रोकेर दुवै सवारी चालकलाई छलफल गरेर मेलमिलाप गर्न र कुरा नमिलेमा प्रहरी कार्यालयमा हिँड्न आग्रह गरेको थियो । त्यसपछि ट्याक्टर चालकले अशोक यादवलाई खबर गरेर बोलाएका थिए।

यादव घटनास्थलमा पुगेपछि उनीसँगै गएका व्यक्तिहरूले प्रहरीलाई घेरेर आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट