Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

काठमाडौं  :  अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।

बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्के सूचना जारी नभएसम्मको लागि पुर्न रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

photo-1_cf356b4a-1536x1187.jpg

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij