Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौंः देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ। रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएका छ। हिमाली भूभागका केही स्थानमा तथा  पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै  स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। 

देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij