धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारकोबीचमा पर्ने परेवाभिर सडक खण्डमा आज पनि मर्मत कार्य भैरहेको छ ।
मर्मतको काम भैरहेको हुँदा आज पनि यो खण्डमा बेलुका ६ बजेसम्म गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसअघि हिजो बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक अरु सबै गाडी सञ्चालनमा रोक लगाएर मर्मतको काम गरिएको थियो । काम पूर्ण रुपमा नसकिएको हुँदा आज पनि भैरहेको हो ।
त्रिशूली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिका–२ परेवाभिरको सडकमा क्षति पुगेपछि यो सडकखण्डबाट एकतर्फी रूपमा गाडी चल्दै आएका थिए । यस्तै चरौँदी नदीको कृष्णभीरमा पनि अवरुद्ध सडक खुलाउने गरी काम भैरहेको छ ।
बाढीले कृष्णभीरको सडक कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको हो । २५२ मिटर ट्रयाक खन्ने काम सकिएसँगै मेसिन आवतजावत गर्न सक्ने गरी अस्थायी ट्रयाक भने खुलिसकेको छ ।
गाडी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij