काठमाडौंः जिल्ला कारागार मोरङका १९ कैदीबन्दीलाई अन्यत्र सारिएको छ। कैदीबन्दीबीच नै विवाद भएपछि १९ जनालाई स्थानान्तरण गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ कैदीबन्दीलाई झापा कारागार, झुम्का कारागार र वीरगन्ज कारागार सारिएको छ।
‘हामीले यसअघि नै १९ कैदीबन्दीलाई सरुवा गर्ने भनेर लिस्ट निकालेका थियौँ। त्यो बेला भित्रैबाट हामीलाई सहयोग भएको थिएन,’ सूचना अधिकारी मिश्रले भने, ‘अहिले कैदीबन्दीहरूबीच नै कुरा नमिलेपछि हामीलाई स्थानान्तरण गर्न सहज भयो।’ केही दिनअघि प्रहरी प्रवेश गरेको भन्दै कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij