काठमाडौँ : नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई भोटेकोशीमा ठूलो बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट फोन तथा जानकारी माग्ने क्रम बढेपछि तत्काल ठुलो बाढीको सम्भावना नरहेको स्पष्ट पारिएको छ।
चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने अवस्था नदेखिएकोहाे।
पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।बाढीको सम्भावना देखिएमा एसएमएसमार्फत पूर्वसूचना पठाइने जनाइएको छ। थप सूचना वा जानकारी आवश्यक परेमा टोल–फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij