Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री बालेन र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री बालेन र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग भएको संवाद महत्वपूर्ण रहेको बताएका छन् । उनले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।

प्रधानमन्त्री शाहले विपद्का बेला उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहितको ड्रोन अपरेटर टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

उनले बाढीपछि बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्यसमेत तीव्र पारिएको जानकारी गराउँदै विपद्को यो अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।

वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढी तथा विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को समयमा अष्ट्रेलियाले देखाएको सहयोग र ऐक्यबद्धताको प्रशंसा गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट